बाँसको कलिलो मुनालाई तामा भनिन्छ । विश्वव्यापी रुपमा एक हजार ७०० बाँसका प्रजातिमध्ये एक सय प्रजातिको मुना खानयोग्य मानिन्छ । यसको परिकार बन्दा भान्छा बास्नाले मगमग हुन्छ ।
हामीमध्ये कतिपयलाई तामा स्वादकै लागि मात्र खाइन्छ भन्ने लाग्न सक्छ । तर त्यस्तो पक्कै होइन । तामामा औषधीय गुण हुने भएकाले तामा खाँदा स्वास्थ्यलाई फाइदा उत्तिकै पुग्ने गर्छ । पछिल्लो समय भएका अध्ययनहरुले पनि तामामा पाईने तत्त्वहरु र ती तत्वले गर्ने कामको विषयमा पुष्टि गरेको छ ।
बाँसको तामा मात्र यस्तो तरकारी हो जसमा कुनै रासयनिक मलखाँद, विषादी मिसाउन जरुरी छैन । अर्थात् यो शुद्ध, ताजा र पूर्ण जैविक हुन्छ । किनभने बाँसका लागि अतिरिक्त मल र विषादी चाहिंदैन । न सिंचाई गर्नुपर्ने झन्झट हुन्छ ।
अधिकांश बाँसको प्रजातिमा आफ्नै किसिमको गन्ध हुन्छ । त्यो गन्ध साइएनोजेनिक ग्लाइकोसाइड भन्ने तत्वमा क्यानाइड उत्सर्जन भएर आउँछ । जुन हाइड्रोजनको रुपमा बसेको हुन्छ । जुन विषालु हुन्छ । यसकै कारणले तामामा पिसाब जस्तो गन्ध हुन्छ । यो गन्ध वा विषाक्त हटाउनलाई उमालेर वा फर्मेन्टेसन गरेर मात्र खानयोग्य मान्न सकिन्छ । काँचै खाँदा यसले सासको गति असमान्य रुपमा बढाउने, रक्तचाप घटाउने र टाउको दुखाउने जस्ता साइड इफेक्ट देखाउँछ ।
तामा नेपालको प्राय सबै भूभागमा पाइन्छ । नेपालमा लगायत भारत, इन्डोनेसिया, चीन, कोरिया लगायत एसियाली देशहरुमा प्रख्यात छ । बच्चादेखि वृद्ध समेतलाई तामाको परिकारले लोभ्याउँछ ।
तामामा के कस्तो तत्त्व पाइन्छ ?
तामामा फाइटोस्टेरोल, फेनोल, फलाभोनोइड, क्युआरइन, कार्बोहाईड्रेट, प्रोटिन, फ्याट, भिटामिन बी१ बी२ बी३ बी५ बी६, सी र ई तथा आइरन, म्यागनिज, पोटासियम र जिंक लगायत पौष्टिक तत्त्व पाइन्छ ।
फाइटोस्टेरोलले रगतमा कोलेस्टेरोलको मात्रालाई कम गर्छ । पक्षाघात र ह्रदयघात हुनबाट जोगाउँछ । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार यसमा हुने फाइटोस्टेरोलले दैनिक उचित मात्रामा खाएमा सदाबहार युवाको जस्तो फूर्तिलो अनुभव गराउने, खेलाडीको जस्तो जोस र दीर्घायु बनाउँछ ।
फेनोल भन्ने तत्वले एन्टिअक्सिडेन्टको काम गर्छ । यसले छालाको कोषिकालाई फ्रि(रेडिकलको प्रभावबाट बचाउँछ । डीएनए हुनबाट सुरक्षा गर्छ ।
फलाभोनोइडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने भएकाले विशेषगरी टाइप(२ मधुमेह भएकाहरुका लागि फाइदाजनक मानिन्छ । यसमा इन्फालमेटरी गुण हुन्छ । जसले कुनै अंग सु्न्निएको छ भने निको पार्छ । ब्लड प्रेसरलाई पनि नियन्त्रणमा राख्छ ।
तामामा हुने काउमारिनले क्यान्सरसँग लड़ते क्षमता बढाउँछ । साथै यसले नसा र धमनीमा अति हुनबाट जोगाउँछ ।
यो मुटुमैत्री खाद्य हो । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ । यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको ‘एलडीएल’ स्तर र ‘लिपिड्स’ गर्छ । रक्तचाप कम गराउने कार्य गर्छ भने सापोनिन्ज र प्रोटिनले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, एमिनो एसिड, खनिज, भिटामिन बी१ बी२ बी३ बी५ बी६ , सी र ई तथा आइरन, म्यागनिज, पोटासियम र जिंकले शरीरको सम्पूर्ण स्वास्थ्य अवस्था सुधार गर्न मद्दत पार्छ । यसमा अति न्यून क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउनमा ठूलो सहयोग पुर्याउँछ ।