भैरहवा । थाई एयर एशियाको जहाजले भैरहवामा उडान सुरू गरेको छ । थाइल्याण्डको बैंककबाट आएको सो जहाज विहान ७ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी ७:४० मा बैंकक प्रस्थान गरेको थियो। पहिलो उडानमा चालक दलका ७ जना सदस्य मात्रै थिए।
थाई एयर एशियाले सुरुमा आइतबार र शुक्रबार गरि हप्तामा २ उडान गर्ने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिनु भयो । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ । यस्तै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताउनु भयो ।
