नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कार्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनु भयो।
पश्चिम मोहडा गरेर भाइटीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। कार्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ समेत परेको छ। यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ।
स्रोत रासस