पाल्पा । आर्यभञ्ज्याङ रामपुर सडकखण्डको साँघुरो बाटो मिलाउने र पहिरो सोहोर्ने काम सम्पन्न भएको छ ।
पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यको पहलमा डिभिजन सडक कार्यालय पाल्पा र माथागढी गाउँपालिकाको समन्वयमा साँघुरो बाटो र पहिरो सोहोर्ने काम सम्पन्न गरिएको माथागढी गाउँपालिकाका अध्यक्ष यम वहादुर चिदीले बताउनु भयो ।

दशै अघि परेको पानीका कारण माथिबाट खसेको पहिरोले सडक साँघुरो हुँदा ठुला तथा साना सवारी साधन आवतजावतमा अप्ठेरो भएको थियो । सडक चौडा भएपछि स्थानीयवासी र सवारीधनीहरु खुशी भएका छन ।

यता पानीकै कारण विग्रेको पुर्वखोला गाउँपालिका देवीनगरको मोहकाल लेमधेम सडक खण्ड अन्तर्गतको बाटो मर्मतकार्य पनि सम्पन्न भएको छ । ठाउँ ठाउँमा खसेका पहिरोका कारण दशैमा समेत सवारीसाधन आवतजावत गर्न कठिन भएको बाटोमा जनश्रमदान मार्फत उक्त मर्मतकार्य सम्पन्न गरिएको हो ।
माझिडाडा बासी सहित बोलिपोखरा र मोहकालका १७-१८ जनाले २ घण्टाको श्रमदान गरेर गाडी हिँड्न मिल्ने बाटो बनाएका हुन् ।