जल्पा,माया राना ।
पूर्वखोला-२ जल्पाको जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २६ औं र जल्पादेवी महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा एकै सभाबाट सम्पन्न भएको छ।
साधारणसभाको उदघाटन गर्नु हुँदै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले सहकारी सस्थाहरुले प्रविधिमैत्री सेवाप्रवाहमा जोड दिनु पर्ने बताउदै सर्वसाधारण जनताहरुको जीवनमा आर्थिक समृद्धि ल्याउन सहकारी सस्थाहरुको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन वहादुर थापाले सहकारीको राम्रो पक्षको विश्लेषण गर्दै बचत र उद्देश्यमुलक ऋणप्रबाहले ब्यक्तिको दैनिकी र आर्थिक सुधारमा प्रत्यक्ष प्रभाव पार्ने बताउनु भयो । उहाँले सहकारी सस्थाहरुसङ्ग सहजीकरण गर्न गाउँ गाउँपालिका सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो।
साधारण सभामा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पान्डेले विभिन्न ठाउँमा सहकारी ठगीका समाचारहरु आईरहदा यहाँका सहकारीहरुले भने जनताको आर्थिक उपार्जनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउदै ढुक्कसंग कारोबार गर्न सवैलाई अनुरोध गर्नुभयो। उहाँले साधारणसभा मनाई रहेका दुवै सहकारीको इतिहास देखि सुधारको पक्षहरुको चर्चा समेत गर्नु भयो । यस्तै जनसेवा सहकारी सस्थाका संस्थापक अध्यक्ष ईश्वरी न्यौपानेले एउटै प्राकृतिका सहकारीहरु एकीकरण भएर अगाडि बढनु पर्ने सुझाब दिनु भयो।
साधारणसभामा जनसेवा सहकारीका अध्यक्ष प्रेम नारायण भट्टराईले संस्थाको बार्षिक प्रगति प्रतिबेदनको साथै ५ करोड ८१ लाख ३७ हजार ८९७ रुपियाँ बराबरको आयब्याय प्रस्तुत गर्नु भयो। सहकारी ब्यबस्थापक बेद प्रसाद बस्यालले ३६ लाख १८ हजार २२१ रुपैयाँ खुद नाफा कमाएको सुनाउनु भयो। लेखा संयोजक भिम वहादुर सारुले सहकारी मार्फत गरिएका कृषिको योजना र आर्थिक प्रतिबेदन सुनाउनुभयो । यस सहकारीमा ११ सय ३१ जना सेयर सदस्य रहेका छन।
यस्तै सोही सभामा जल्पा देवी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईस्वरा देवकोटाले आफ्नो संस्थामा २४८ जना महिलाहरु मात्र आबद्ध रहेको जानकारी गराउदै एक करोड ११ लाख ६७ हजार ३४८ रुपियाँ बराबरको आयब्यय सुनाउनु भयो। ब्यबस्थापक सीता देवकोटाले ३ लाख ५५ हजार,५०२ रुपियाँ खुद नाफा कमाएको सुनाउनु भयो। साधारणसभाले वार्षिक योजना सहित १० वटा सस्थागत प्रस्तावहरु समेत पारित गरेको छ।
सस्थाका उप-अध्यक्ष दानबहादुर ठाडाको स्वागत र सचीव दिपक न्यौपानेको सन्चालनमा सम्पन्न उक्त साधारणसभाको अध्यक्षता अध्यक्ष प्रेम नारायण भट्टराईले गर्नु भएको थियोे ।