जल्पा, माया राना ।
शयारी युवा क्लब ढोलीमारा पाल्पाले ३१औं बार्षिक साधारणसभा तथा युवा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा स्वास्थ्यमन्त्री खेम बाहादुर सारुले सस्थागत एकतामा शक्ति हुने बताउदै भौतिक बिकास सङ्गै सामाजिक आर्थिक बिकास हुन जरुरी हुने उल्लेख गर्नु भयो । उहाँले पर्यटकीय क्षेत्रको रूपमा बिकास र बिस्तार भैरहेको ढोलीमारा गाउँलाई अघि बढाउन स्थानीयसङ्ग भएको सीपलाई आम्दानीसंग जाेड्न आवश्यक रहेको बताउनु भयो ।
मन्त्री सारुले बिकास र बिकृती संगसगै आउने हुदा दुवै कुरालाई सन्तुलन मिलाउदै जानु पर्नेमा जोड दिनु भयो । प्रमुख अतिथि सारुले आफू लुम्बिनी प्रदेश सरकारको स्वास्थ्यमन्त्री भए पछि गरिएका सुधारका कामहरुको समेत चर्चा गर्नु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथि गाउँ कार्यपालिका सदस्य भिमीसरा आलेले ढाेलिमारा बासीले गाउँमा प्राप्त योजना भन्दा धेरै काम गर्ने, जनश्रमदान दिने, एकता र सहकार्यमा जोड दिने राम्रो अभ्यासले गर्दा योजनाले प्राथमिकता पाएको सुनाउनु भयो।
कार्यक्रममा जनसेवा सहकारीका ब्यवस्थापक बेद प्रसाद बस्यल, शम्भु मा बि जल्पाका प्र. अ. चित्र बहादुर कवर, सामुदायिक होमस्टेका अध्यक्ष पहल सिं घर्ती, माया राना, भिम बहादुर सारु लगायतले शुभकामना दिनु भएको थियो।
संस्थाका सचिब पिम बहादुर कवरको सन्चालन र अध्यक्ष श्रीधन कवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्रीधन कवरले बार्षिक प्रगति प्रतिबेदन तथा १७ लाख ३३ हजार ५ सय ८१ रुपियाँ बराबरको आर्थिक प्रतिबेदन सुनाउनु भएको थियो।