रामपुर, पाल्पा ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुलाई पुर्वी पाल्पाका विभिन्न सस्थाहरुले स्वागत तथा सम्मान गरेका छन ।
रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सम्मानित हुदै स्वास्थ्य मन्त्री सारुले व्यापारिक केन्द्रको रुपमा अगाडि बढीरहेको रामपुर क्षेत्रमा कृषि उपजको उत्पादन र बजारीकरणका लागी उद्योगी व्यवसायीहरुको भूमिका महत्वपुर्ण हुने बताउनु भयो ।
उहाँलाई रामतुलसी मावि र जनहित बुद्ध बिहार रामपुरले समेत स्वागत र सम्मान गरेको थियो । उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री सारुले विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवालाहरुसङ्ग अन्तरक्रिया गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा उहाँले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी तीनवटै पक्षको भूमिका महत्वपूर्ण हुने भएकाले समयानुसार समन्वय छलफल र अन्तरक्रिया गरि अघि बढ्नु पर्ने बताउनु भयो ।