माया राना
जल्पा, पाल्पा । गाँऊ बालसंरक्षण तथा सम्बर्धन उपसमिति पूर्वखोला-२ जल्पाले बालक्लबका सदस्यहरुलाई लक्षित गरी सञ्चालन गरेको एक दिने स्टेज उद्धघोषण तालिम सम्पन्न भएको छ ।

“बाल बालिकामा लगानी : सुनौलो भविश्यको थालनी” भन्ने नारालाई आत्मासाथ गर्दै सञ्चालित उक्त तालिममा जल्पा वडाभित्र रहेका १४ वटा बालक्लबका ४० जना बालबालिकाहरु सहभागी भएका थिए । तालिममा जल्पा गाउँबाल संरक्षण तथा सम्बर्धन उपसमितिका दिपक न्यौपाने, माया राना र श्रीधन कवरले उत्घोषणका चरणहरु, कार्यक्रमको पूर्वतयारी, कार्यक्रमको अवधिमा हुने उदघोषकको भुमिका तथा कार्यक्रम सम्पन्न पछिको कर्तव्य लगायतको बारेमा सिकाउनु भएको थियो।

तालिममा सहभागी बालबालिकाहरुले उद्धघोषणकलाको सैद्धान्तिक ज्ञानपछि कार्यक्रम संन्चालन सम्बन्धी व्यवहारिक अभ्यास समेत गरेका थिए । तालिम समापन कार्यक्रममा बोल्नु हुदै आयोजक समितिका संयोजक चित्र वहादुर कुँवरले मोबाइल फोन र सामाजिक संजालको दुनियाँमा अल्झिरहेका बालबालिकाहरुलाई बालक्लबले सस्थागत जिम्मेवारी तथा व्यवहारिक सीपहरु र अनुशासनका पाठ सिकाउन सक्ने बताउनु भयो ।

उहाँले तालिममा सिकेका सीपलाई कार्यान्वयन गरे नगरेको अनुगमन गर्न टोल टोलमा रहेका बाल क्लबहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै जाने समेत जानकारी गराउनु भयो। तालिम समापन कार्यक्रम समितिका सचिब पदम थापा दर्लामीको संचालन र संयोजक चित्र वहादुर कवरको अध्यक्षतामा सम्पन्न भएको थियो।
