माया राना
जल्पा, ढोलीमारा । साहारा स्वावलम्बन महिला उपहार समूह ढोलीमाराको लागि सञ्चालित ३ दिने आधारशिला तालिम सम्पन्न भएको छ ।
तालिममा उपहार आदान प्रदानको महत्व र आवश्यकता, सदस्यहरुको उत्तरदायित्व र जिम्मेवारी, मिलिजुली सहकार्य गर्ने, दीगोपन र आत्म निर्भर हुने सीप, पशुपालन र श्रोतको उचित व्यवस्थापन, नेतृत्व शैली तथा आफ्नो दैनिकि व्यवहार कसरी परिचालन गर्ने लगायतका १२ वटा आधारशिलाकासिद्धान्तसीपहरुको बारेमा जानकारी गराईएको थियो।

तालिमको शहजिकरण समाज उत्थान सहयोग केन्द्रका कार्यक्रम संयोजक राजकुमार आले, सामुदायिक सहजकर्ता डिला आचार्य र रबिन्द्र पंगेनीले गर्नु भएको थियो।

‘भोकालाई एक छाक खाना होइन, जिउने जुक्ति सिकाउ ‘ भन्ने नारा रहेको हेफर प्रोजेक्ट्को साझेदारी कार्यक्रम अन्तर्गत पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र साझेदारी संस्था समाज उत्थान सहयोग केन्द्रको सहजिकरणमा तालिम आयोजना गरिएको हो । साहारा स्वावलम्बन महिला समुहमा आबद्ध २४ जना महिलाहरुको सहभागिता रहेको तालिम समुहका अध्यक्ष फनि सरा सारुको अध्यक्षतामा सम्पन्न भएको थियो।

