काठमाडौं ।
नेपाल वायुसेवा निगमले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्तिक २३ गते देखि भैरहवा–दुबई उडान गर्ने भएको छ । निगमले साताको ४ दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने छ।
यसै वीच निगमले एक सूचना जारी गर्दै कार्तिक २३ गते देखि लागु हुने गरी उडान तालिका परिवर्तन गरेको जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विानस्थल काठमाडौंमा मर्मत सम्भारको काम हुने भएकाले विमान स्थल राति १० बजे देखि बिहान ८ बजेसम्म बन्द हुने भएकोले नयाँ उडान तालिका निकालेको जनाएको छ । नयाँ उडान तालिका अनुसार काठमाण्डौ नारिताको उडान अब राती २१:१५ बजे हुनेछ । यस्तै काठमाण्डौं दोहा २१:३० र काठमाण्डौं दुवई २१:३५ मा उडान हुने निगमले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
