शुक्रबार बेलुकी ६ बजेबाट अवरुद्ध भएको नवलपरासी पश्चिमको दाउन्ने सडक खण्ड आइतबार विहानबाट दुइतर्फी रुपमा सञ्चालनमा आएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ को खुर्सानी खोला नजिकै गत शुक्रबार करिव ५० मिटर सडक भासिएर शनिबार विहान ९ बजेसम्म पूर्ण रुपमा सडक अवरुद्ध भएको थियो । शनिबार विहान ९ बजेबाट आँशिक र एकतर्फि रुपमा सडक सञ्चालनमा आएपनि दोहोरो सञ्चालनमा आउन सकेको थिएन ।
शनिबार राती करिव २ घण्टा सवारी आवागमन रोकी अवरुद्ध रहेको स्थानको सडक फराकिलो पारी दोहोरो सवारी आवागमन सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक दिपेन्द्र वानियाँले जानकारी दिनु भयो ।
गत असोज १४ गते पनि सोहि स्थानको सडक भासिएर बाटो अवरुद्ध भएको थियो । चाडपर्वको बेलामा सवारी चाप बढ्दा अवरुद्ध सडक सञ्चालनका लागि समस्या भएपछि गाडिको लामो जाम लागेको थियो ।