देवीनगर, पाल्पा । समाज उत्थान सहयोग केन्द्र नेपाल, प्लस मिडिया कन्सर्नद्धारा सञ्चालित गुरुकुल पत्रिका डटकमको पाल्पा देवीनगरमा विमोचन भएको छ । समाज उत्थन सहयोग केन्द्रको २४ औं साधारण सभा तथा आठौं अधिवेशनको अवसरमा यस डिजिटल पत्रिकाको विमोचन गरिएको हो ।

डिजिटल पत्रिका गुरुकुलको विमोचन गर्नु हुँदै पूर्वखोला गाउँ पलिकाका अध्यक्ष नुन बहादुर थापाले डिजिटल माध्यमहरुको प्रतिस्पर्धामा गुरुकुलले आफ्नो छुट्टै पहिचान सहित स्थापित हुन सकोस भन्ने शुभकामना व्यक्त गर्नु भयोे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष थापाले वर्तमान समयमा धेरै जसो सञ्चार माध्यमहरु राजनीतिक विषयमा केन्द्रित भएकाले गुरुकुल डिजिटल पत्रिका स्थानीय विकास र परिवर्तन तथा आवाज विहिनहरुको आवाजलाई उठान गर्ने माध्यम बन्न सकोस भन्नु भयो ।
समाज उत्थान सहयोग केन्द्र नेपालका कार्यकारी निर्देशक मेहर सिं थापाले स्थानीय सवलाहरुको उठान तथा स्थानीय स्तरमा भए गरेका विकास एवं गतिविधिहरुलाई स्थानीयहरुकै पहुँचमा पुग्ने गरी सञ्चार गर्न गुरुकुल पत्रिका डटकमको सुरुवात गरेको बताउनु भयो । गुरुकुल डिजिटल पत्रिका www.gurukulpatrika.com मा गएर हेर्न पढ्न सकिन्छ ।