१.सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक कहिले प्रमाणीकरण भयो ?
.२०८१ भदौ १३
– विधेयक प्रमाणीकरण सँगै ऐनका लागि भएको दशकको प्रयासले पूर्णता पाएको छ । यससँगै नेपालको सङ्क्रमणकालीन न्यायको कानुनी आधार तयार भएको छ ।
– विधेयक प्रतिनिधि सभाबाट साउन ३० गते र राष्ट्रिय सभाबाट भदौ ६ गते पारित भएको थियो ।
– विधेयक प्रमाणीकरणसँगै अब द्वन्द्वकालीन घटनासँग सम्बन्धित दुई आयोगको कार्य शीघ्र अघि बढ्ने अपेक्षा गरिएको छ ।
२. मातृभूमि राष्ट्रिय सम्मान, २०८० कसलाई प्रदान गरियो ?
.प्राडा जगमान गुरुङ
३.यस वर्ष ९२०८१० को डा। हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार कसलाई प्रदान गरियो ?
.अनुजासिंह राठौर (लघुउद्यमी, नेपालगन्ज)
– राठौरलाई लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघुउद्यमी घोषणा गर्दै यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार प्रदान गरियो ।
– सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।
४. रुद्राक्षका लागि प्रसिद्ध ठाउँ कहाँ हो र?
.भोजपुर र सङ्खुवासभा ९भोजपुर र सङ्खुवासभालाई रुद्राक्षको राजधानी भनेर पनि चिनिने ।
५. विश्वमा नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएका पहिलो व्यक्ति को हुन् ?
.कनिथ युजिन स्मिथ
– सन् २०२४ जनवरी २५ मा अमेरिकाको अलाबामा राज्यले स्मिथलाई नाइट्रोजन ग्यास प्रयोग गरी मृत्यु दण्ड दिएको हो ।
६. पशुपतिस्थित विद्युतीय शवदाह कार्य कहिले देखि निःशुल्क गरिएको हो र?
.विसं २०८१ साउन १
७.संयुक्त राष्ट्रसङ्घका महासचिवले भाग लिन नपाउने अङ्ग कुन हो ?
.अन्तर्राष्ट्रिय न्यायालय
८. हाल उत्तर एट्लान्टिक सन्धि सङ्गठनको सदस्य राष्ट्र कति रहेका छन् ?
.३१
९. सिएनएन हिरो घोषित हुने पहिलो नेपाली को हुन् ?
.अनुराधा कोइराला ९सन् २०१००
– दोस्रो नेपाली स् पुष्पा बस्नेत, सन् २०१२
१०. लोकतन्त्र योद्धा सम्मान २०८० बाट कसलाई सम्मान गरियो ?
.मुकेश कायस्थ