पाल्पा । देवीनगर ।
मातृभूमि माध्यमिक विद्यालय पुर्वखोला ४ देवीनगर पाल्पामा शैक्षिक सुधारको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र शिक्षकहरु बिच अन्तरक्रिया भएको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, मावि तहका शिक्षक, आधारभुत तहका शिक्षक र प्रा वि तह अंग्रेजी माध्यमका शिक्षकहरु विच छुट्टा छुट्टै छलफल गरि १९ वटा बुँदा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
जसमध्ये विद्यार्थी केन्द्रित शिक्षण गर्ने ।
नियमित गृहकार्य गर्न लगाउने र चेक गर्ने ।
प्रविधिमैत्री शिक्षण गर्ने ।
सकरात्मक सोचको विकास गर्ने ।
अभिभावक सहित नतिजा विश्लेषण तथा समिक्षा गर्ने ।
मिनि होस्टेलको निरन्तरता दिने।
चमेना गृहको व्यवस्थापन गर्ने ।
अभिभावक शिक्षा संचालन गर्ने ।
विशेष अवस्थाका विद्यार्थीलाई विशेष कक्षा संचालन गर्ने ।
सरोकारवालाले नियमित अनुगमन गर्ने ।
विद्यालय घेराबार तथा गेटको व्यवस्था गर्ने ।
प्रअ संग करार सम्झौता ६ महिनाको गर्ने ।
शिक्षक विद्यार्थी अनिवार्य पोशाक लाउने ।
अतिरिक्त गृहकार्य नियमित संचालन गर्ने ।
शिक्षकहरु बिच सहकार्य गर्ने ।
त्रिपक्षीय छलफल नियमित गर्ने लगायका विषयहरु समेटिएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउपालिकाका प्रवक्ता तथा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले शैक्षिक सुधारको लागि त्रिपक्षीय छलफलबाट तयार गरेका विषय वस्तुलाई आआफ्नो क्षेत्रबाट पालना गरेमा छिट्टै शैक्षिक अवस्थाको नतिजा सुधार हुने भन्दै “म बनाउछु मेरो विद्यालय : मैले पूरा गर्छु मेरो कर्तव्य” लाई आत्मासाथ गर्न अनुरोध गर्नुभयो । कार्यपालिका सदस्य रेवति सरा घर्ती, पूर्वखोला गाउँ शिक्षा समिति सदस्य भुवन सिंजालि शिक्षक अभिभावक संघका अध्यक्ष हुम बहादुर सिंजालिले शैक्षिक सुधारको बारेमा बोल्दै आफ्नो कर्तव्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर मश्राङ्गिको अध्यक्षतामा सम्पन्न भएको हो।