माया राना,
जल्पा, पाल्पा । शम्भु मा.वि. डोजाङ्ग पूर्वखोला जल्पाले आई.टि.एफ. तेक्वान्दोेको रंगिन पेटी परीक्षा सम्पन्न गरेको छ। पूर्वखोला गाउँपालिका जल्पाको पर्यटकीय क्षेत्र चुलीडाँडामा आयोजित कार्यक्रममा ५२ जना प्रशिक्षार्थी खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गरेका थिए ।
सो परीक्षाबाट ६ जनाले सेतो, ५ जनाले पहेलो, ४ जनाले हरियो, ४ जनाले सेतो पहेँलो र ३३ जनाले पहेँलो हरियो बेल्ट प्राप्त गरेका छन् । यसै अवसरमा पाल्पा जिल्ला स्तरीय ८ औँ डोजाङ्ग तेक्वान्दो प्रतियोगितामा बिजयी ५ जना खेलाडीहरुलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जल्पा वडाध्यक्ष तथा अन्तर्राष्ट्रिय आई.टि.एफ. तेक्वान्दो खेल प्रशिक्षक नीर वाहादुर सारुले खेलकुदसंगै शारीरिक स्वास्थ्य, सामाजिक विकास र आनुशासन पनि सिक्ने भएकोले यो खेलको महत्त्व रहेको बताउनु भयो।
यसअघि यस्तै परीक्षा पूर्वखोला गाँउपालिकाको जनमार्ग मा.वि. सिलुवा, उद्द्बुद्द मा.वि. रिङनेरह, मातृभुमी मा.वि. देवीनगर र सरस्वती मा.वि. खैरेनी जल्पामा समेत सम्पन्न गरिएको पूर्वखोला गाँउ पालिकाका खेल प्रशिक्षक बिष्णु वहादुर सारुले बताउनु भयो।
शम्भु डोजाङ्गका अध्यक्ष मिलन सारुको अध्यक्षता र सचिव तिर्सना बरालको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा शम्भु मा.वि. जल्पाका प्र.अ. चित्र वहादुर कवर र खेल प्रेमी यूवा रनबिर बराल लगायतले रंगिन पेटी परीक्षाका सफल खेलाडिहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा शिक्षक प्रतिनिधि र अभिभावक गरी सय जना भन्दा बढीको सहभागिता रहेको थियो।