असोज ३ गते
नेपालको संबिधान जारी भएको ऐतिहासिक दिनको अवसरमा पूर्वखोला गाउंपालिका वडा न २ जल्पा माथिल्लो झेरुदिका समुदायले बृक्षारोपण गरि राष्ट्रिय संविधान दिवस मनाएका छन । यस क्षेत्रलाई पर्यपर्यटकिय बिस्तारको लागी डिभिजन बनकार्यलय पाल्पाबाट धुपी,कपुर,निम जातका अनुदान सहयोग गरेको १०८ वटा बिरुवा सत्यवती मन्दिर परिसर र २५ रोपनी क्षेत्रफलमा रहेको खेल मैदान वरिपरि लगएका छन ।
डिभिजन वन कार्यलय पाल्पाका बरिस्ठ बन अधिकृत खिल बहादुर तामाङले सामाजिक बिकास,पर्यपर्यटन प्रबंधन्का लागी समुदायले समन्वय र सहकार्य गरे आफू सहयोग गर्न तयार रहेको बताउनु भयो। जल्पा वडा अध्यक्ष नीर वहादुर सारुले यस स्थानमा बिस्तार भइरहेको पर्यटन क्षेत्रलाई संरक्षण र सबर्द्द्नको लागी समुदाय महत्वपुर्ण भुमिका हुने बताउनु भयो ।
जल्पाको माथिल्लो झेरुदी, वापान, जगरखर्क, जल्पा बजार क्षेत्र र बरेक्दीटोलका समुदाय बिरुवा रोप्न श्रमदानमा जुटेका थिए। जल्पा वडा अध्यक्ष नीर वहादुर सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।