देवीनगर,पाल्पा । समाज उत्थान सहयोग केन्द्र नेपाल पाल्पाको २४ औं साधारण सभा तथा आठौं अधिबेशन संस्थाको केन्द्रिय कार्यालय देवीनगरमा आज हुदैछ । यस कार्यक्रमका लागि संस्थाले सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ ।
संस्थाले एक सूचना जारी गरि कार्यसमितिका पदाधिकारीहरु, आमन्त्रित सदस्य, साधारण सदस्य, पूर्व अध्यक्ष मण्डल, सल्लाहाकर समिति, साथी चौतारी सदस्य र कर्मचारी लगायत विभिन्न क्षेत्र समूहका महानुभावहरुलाई उपस्थितिको लागि निमन्त्रणा समेत गरेको छ । आजको अधिबेशनबाटै आगामी कार्यकालको लागि नयाँ कार्य समिति समेत चयन हुनेछ ।
साधारण सभा तथा अधिबेशनकै अवसरमा संस्थाले विजया दशै, दिपावली र छठको शुभकामना आदान प्रदान कार्यक्रम समेत राखेको छ ।